Kathmandu Press

दीपक पाण्डे हत्या आफ्नै श्रीमतीबाट भएको खुलासा 

काठमाडौं, जेठ ३१ : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्याको मुख्य कारण आफ्नै श्रीमती भएको खुलासा भएको छ ।सोमबार पाण्डेय हत्याका...
दीपक पाण्डे हत्या आफ्नै श्रीमतीबाट भएको खुलासा 

काठमाडौं, जेठ ३१ : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्याको मुख्य कारण आफ्नै श्रीमती भएको खुलासा भएको छ ।

सोमबार पाण्डेय हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्ने क्रममा प्रहरीले पाण्डेयको हत्या हुनुमा आफ्नै श्रीमती महिमा पाण्डेय प्रमुख दोषी रहेको बताएको हो । प्रहरीका अनुसार पाण्डेयको श्रीमती महिमा पाण्डेयले घटनाका मुख्य योजनाकार प्रकाश भन्ने ओम प्रकाश यादवसंग लामो समयदेखि अनैतिक सम्बन्धमा रहेको र त्यो नै हत्याको प्रमुख कारण देखिएको छ ।

प्रहरीका अनुसार बिगत ५ बर्ष देखि प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतक दीपकको श्रीमती महिमा पाण्डेयको बीच भएको अनैतिक सम्बन्धका कारण मृतकको श्रीमान पाण्डेयले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई यो घटना घटेको हो ।

पछि पनि उनीहरुबीच अनैतिक सम्बन्ध कायमै रहेको, मृतकको श्रीमती पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक श्रीमान पाण्डेलाई मार्ने योजना बनाई बिगत २/३ बर्ष अघी देखि नै श्रीमानलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत लिएता पनि पटक पटक को प्रयास असफल भएपछि लामो निग्रानी पश्चात गत जेठ ५ गते हत्या भएको खुल्लमा आएको हो ।

उनीहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८:०४ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्