Kathmandu Press

ट्यांकर चालकद्वारा आज पनि वाग्मतीको ढुवानी अवरुद्ध

काठमाडौं, जेठ ३१ : ट्यांकर चालकहरुले बरौनी तथा अमलेखगन्जबाट वाग्मती प्रदेशमा हुने पेट्रोलियम ढुवानी आज (सोमबार) पनि अवरुद्ध गरेका छन्। कोरोनाविरुद्धको खोप नपाएको भन्दै...
ट्यांकर चालकद्वारा आज पनि वाग्मतीको ढुवानी अवरुद्ध

काठमाडौं, जेठ ३१ : ट्यांकर चालकहरुले बरौनी तथा अमलेखगन्जबाट वाग्मती प्रदेशमा हुने पेट्रोलियम ढुवानी आज (सोमबार) पनि अवरुद्ध गरेका छन्। 

कोरोनाविरुद्धको खोप नपाएको भन्दै उनीहरूले हिजो (आइतबार) पनि प्रदेशभर हुने आन्तरिक ढुवानी अवरुद्ध पारेका थिए।

नेपाल आयल निगमको बागमती प्रादेशिक डिपोका अनुसार ढुवानीकर्ताको अवरोधका कारण वाग्मती प्रदेशभर आपूर्ति प्रभावित भएको र उनीहरूले आन्दोलनलम्ब्याउँदै गए पेट्रोलियमको अभाव हुन सक्ने बताएको छ।

चालकहरूलाई खोप व्यवस्था गर्न डिपो तथा केन्द्रीय कार्यालयबाट पहल भइरहेको भन्दै आन्दोलन रोक्न आग्रह गरे पनि सफल हुन नसकेको बताइएको छ।

खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ। अमलेखगन्ज र थानकोटमा गरेर झन्डै२ हजार २ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्