Kathmandu Press

राप्ती प्रतिष्ठानले भोलिदेखि ओपिडी सेवा सुरु गर्ने

तुलसीपुर, जेठ ३१ : कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी)...
राप्ती प्रतिष्ठानले भोलिदेखि ओपिडी सेवा सुरु गर्ने

तुलसीपुर, जेठ ३१ : कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । 

कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो।

कोरोना भाइरस सङ्क्रमण घटेसँगै भोलि (असार १) देखि अस्पतालले आइसियु र ओपीडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. सङ्गीता भण्डारीले बताइन्।

उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा सुरु गर्न थालिएको हो। कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ। 

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्