Kathmandu Press

स्याङ्जामा असार ७ सम्म थपियो निषेधाज्ञा 

काठमाडौं, जेठ ३० : गण्डकी प्रदेशको स्याङ्जामा जारी निषेधाज्ञा असार ७ सम्मका लागि लम्बिएको छ ।जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर...
स्याङ्जामा असार ७ सम्म थपियो निषेधाज्ञा 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३० : गण्डकी प्रदेशको स्याङ्जामा जारी निषेधाज्ञा असार ७ सम्मका लागि लम्बिएको छ ।

जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ७ गते सम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको हो ।

निषेधाज्ञाको अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग तथा वित्तीय स्थाहरुले कार्यालयमा मात्रै स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गरिने भएको छ ।

औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्लामा गत वैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।

प्रकाशित मिति: २०:१६ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्