Kathmandu Press

गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, जेठ ३० : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...
गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३० : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा १, तनहुँमा २, बागलुङ १,स्याङजा १, मुस्ताङमा १ र नवलपरासी पूर्व १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३८ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २८० जनाको नमुना परिक्षण गरिएकामा ३४७ जनामा संक्रमण देखिएको हो ।  

संक्रमित मध्ये १६७ महिला र १८० जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ३०४ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४३ हजार ६१९ पुगेको छ । 

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्