Kathmandu Press

मुख्यमन्त्री पोखरेलको दाबी : लुम्बिनीमा मलाई बहुमतको समर्थन छ

बुटवल, जेठ ३० : विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा आफ्नो पक्षमा...
मुख्यमन्त्री पोखरेलको दाबी : लुम्बिनीमा मलाई बहुमतको समर्थन छ

बुटवल, जेठ ३० : विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा आफ्नो पक्षमा बहुमत सदस्य रहेको दाबी गरेका छन्।

उनले आज (आइतबार) प्रदेशसभा बैठकमा बोल्दै एमालेका ३९ जना र जनता समाजवादी पार्टी (जसपा) का ६ जना गरी ४५ जना सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका हुन्।

लुम्बिनी प्रदेशसभा ८३ सदस्यीय छ । बहुमतका लागि त्यहाँ ४२ सांसदको आवश्यकता पर्छ।

मुख्यमन्त्री पोखरेलले विमला खत्री वलीले दल परिवर्तन गर्न नमिल्ने र जसपाका चारैजना सरकार रहेकाले आफू राजनीतिक रूपले बहुमतमा रहेको उनको भनाइ थियो।

एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी अस्तित्वमा रहेकै बेला सोही दलबाट उपनिर्वाचन जितेकी थिइन्। तर सर्वोच्चले नेकपा एकीकरण बदर गर्नुअघि नै उनले माओवादी केन्द्र रोजेसकेकी छन्।


 

प्रकाशित मिति: १५:४० बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्