Kathmandu Press

रुसमाथि बेल्जियमको सहज जित

रुसमाथि बेल्जियमको सहज जित

काठमाडौं, जेठ ३० : युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुआत गरेको छ। शनिबार राति सेन्ट पिटर्सबर्गमा भएको खेलमा रोमेलु लुकाकु चम्किएपछि बेल्जियमले घरेलु टिम रुसमाथि ३–०को जित निकाल्यो।

बेल्जियमलाई सजह जित दिलाउने क्रममा लुकाकुले २ गोल गरे भने थोमस मुनियरले १ गोल गरे। बेल्जियमले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

१०औं मिनेटमा गोल गर्दै लुकाकुले बेल्मियमलाई सुरुआती अग्रता दिलाए । ३४औं मिनेटमा मुनियरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर ८८औं मिनेटमा लुकाकुले दोस्रो गोल गरेपछि बेल्जियमले रुसममाथि सहज जित निकाल्यो ।

लुकाकुले आफ्ना दुवै गोल आफ्ना क्लब सहकर्मी क्रिस्टियन एरिक्सनको नाममा समर्पण गरे। डेनमामार्क एरिक्सन शनिबार नै भएको युरोकपअन्तर्गत नै फिनल्यान्डविरुद्धको खेलमा पहिलो हाफको अन्त्यरित बेहोस भएर मैदानमै ढलेका थिए। 

खेलमा बेल्जियमले रुसमाथि पूर्ण रुपमा दबाब बनाएको थियो । ६७ प्रतिशत बल पोजेसन बनाएको उसले ९ सट प्रहार गरेको थियो, जसमध्ये ४ सट फ्रेममा थियो । यता, रुसले ५ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।

यसैगरी अन्य खेलमा फिनल्यान्डले डेनमार्कमाथि १–०को जित निकाल्दा वेल्स र स्विट्जरल्यानडले १–१ गोलको बराबरी खेलेका छन्। 

युरोकपमा डेब्यू गरिरहेको फिनल्यान्ड डेब्बूखेल विजयी भयो । खेलक क्रममा डेनमार्क एरिक्सन मैदानमै बेहोस भएपछि खेल लामो समय रोकिएको थियो। एरिक्सन बेहोस भएपछि युईएफएले स्वास्थ्य आपतकाल भन्दै लेख स्थगित गरेको थियो।

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्