Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका छन्। 

बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए।

कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेको छ। 

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने प्रस्ताव गरिएको छ। शनिबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीको प्रस्ताव आएको हो। 

त्यसलाई अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जनाएको छ। यससँगै समसायिक राजनीतिक घटनाक्रममा विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ। 
 

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्