Kathmandu Press

पहिलो निर्णय : महिलाको स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार

पोखरा, जेठ ३० : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाको स्तनको क्यान्सरको निःशुल्क उपचार गर्ने पहिलो निर्णय गरेका छन्। नेपाली शनिबार मुख्यमन्त्री नियुक्त...
पहिलो निर्णय : महिलाको स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार

पोखरा, जेठ ३० : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाको स्तनको क्यान्सरको निःशुल्क उपचार गर्ने पहिलो निर्णय गरेका छन्। 

नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले शनिबार राति नै पद तथा गोपनीयताको शपथ लिएका छन्। 

शपथ लिएलगत्तै कार्यभार सम्हालेका मुख्यमन्त्री नेपालीले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। उनले महिलाको स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेका हुन्। अब गण्डकी प्रदेशका स्तन र पाठेघरको क्यान्सरबाट पीडित महिलाले निःशुल्क उपचार पाउनेछन्। 

उनी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनले शनिबार नै कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसदलाई समेटेर चार जना मन्त्री पनि नियुक्त गरेका छन्। 

प्रकाशित मिति: ०७:३४ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्