Kathmandu Press

गण्डकीमा साँझ ६ बजे नयाँ सरकारको दाबी प्रस्तुत गर्दै विपक्षी गठबन्धन

गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै नयाँ सरकार गठनको दाबी प्रस्तुत गरिने जानकारी दिएका छन् ।
गण्डकीमा साँझ ६ बजे नयाँ सरकारको दाबी प्रस्तुत गर्दै विपक्षी गठबन्धन

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै नयाँ सरकार गठनको दाबी प्रस्तुत गरिने जानकारी दिएका छन् ।

उनका अनुसार विपक्षी गठबन्धनको दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले साँझ ६ बजेलाई समय दिएकी छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३१ जनाको हस्ताक्षरमा प्रस्ताव तयार भइसकेको पोखरेलले जानकारी दिए ।

‘हामी आजै नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्दैछौँ,’ पोखरेलले काठमाडौं प्रेससँग भने, ‘त्यसका लागि प्रदेश प्रमुखको समय पाइसकेका छौँ ।’

यसअघि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुख पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।

प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको आधार प्रस्तुत गर्न भोलि तीन बजेसम्मको समय दिएकी छन् ।

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्