Kathmandu Press

आजबाट सुरु हुँदै युरोकप

आजबाट सुरु हुँदै युरोकप
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २८ : युरोकप २०२० फुबटल प्रतियोगिता युरोपका विभिन्न ११ सहरमा शुक्रबारबाट सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेल इटालीको रोमस्थित ओलम्पिक स्टेडियमा हुने छ। जसमा इटाली र टर्की भिड्ने छन् । खेल नेपाली समय अनुसार राति १२ः४५मा सुरु हुने छ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको यो १६औं संस्करणमा ९ पूर्वविजेतासहित २४ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । युरोकप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ।

प्रतियोगिताको सेमिफाइनल र फाइलन लन्डनस्थित वेम्बलीमा आयोजना हुने छ।

यो पटक फिनल्यान्ड र नर्थ म्यासेडोनियाले युरोकपमा डेब्यू गर्दै छन् भने स्कटल्यान्ड सन् १९९८ को विश्वकपपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। अघिल्लो संस्करणमा छनोट हुन नसकेका नेदरल्यान्ड्स र डेनमार्कले पनि यो पटक युरोकप खेल्ने छन्। नेदरल्यान्ड्सले २०१४ को विश्वकपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्न लागेको हो। युरोकपको ९ पूर्वविजेता मध्ये ग्रीस मात्र यो पटक युरोकपमा सहभगाी हुने छैन। 

युरोकपको डिफेन्डिङ च्याम्पियन हो, पोर्चुगल । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल अघिल्लो पटक युरोकप जित्दा भन्दा अहिलेको पोर्चिगिज टिम निकै बलियो छ, र टिम थुप्रै परिवर्तन पनि भएको छ। त्यसैले पोर्चुगल उपाधिको स्वभाविक दाबेदार हो।

यस्तै, विश्वविजेता फ्रान्स पनि उपाधिको सबैभन्दा ठूलो दाबेदार हो । अघिल्लो पटक फ्रान्स पोर्चुगलसँग फाइनलमा पराजित भएको थियो, त्यसपछि उसले सन् २०१८मा विश्वकप उपाधि जित्यो । फ्रान्सले यस्तो गर्न सके यो दुर्लभ दोहोरो उपाधिको उपलब्धि हुनेछ । शीर्ष वरीयताको बेल्जियम, स्पने, जर्मनी र इंग्ल्यान्डलाई पनि उपाधिको दाबेदारका रुपमा हेरिएको छ।

कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोकपमा यो पटक प्रत्येक टिममा २६ खेलाडी रहेन छन् भने खेलमा ५ खेलाडी परिवर्तन गर्न पाइने छ। कोरोनाकै कारण २५ प्रतिशत दर्शकलाई मात्र रंगशलामा उपस्थित हुन अमुनति दिइएको छ। शुक्रबार रोमको ओलम्पिक स्टेडियममा हुने इटाली र टर्कीबीचको खेल हेर्न १६ हजार दर्शक उपस्थित हुने छन्।

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्