Kathmandu Press

‘तपाईंले राजीनामा दिनुस्, बरु आफ्नै दलका अर्कैलाई मुख्यमन्त्री बनाउनुस्’

‘तपाईंले राजीनामा दिनुस्, बरु आफ्नै दलका अर्कैलाई मुख्यमन्त्री बनाउनुस्’

विराटनगर, जेठ २६ : कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेका छन्। 

बुधबार प्रदेशसभाको बजेट अधिवेशनको तेस्रो बैठकमा विषेश समय लिएर बोल्दै जनताप्रति जिम्मेवार हुन नसकेको भन्दै उनले राईको राजीनामा मागेका हुन्।

जनताको पेटमा चारो हाल्न नसक्ने हो भने पदमा बस्नुको औचित्य नभएको उल्लेख गर्दै उनले मुख्यमन्त्री राईलाई फुर्सद लिन अनुरोध गरे।
उनले आफूले तुरुन्त राजीनामा दिएर बरु आफ्नै दलका अरु कसैलाई मुख्यमन्त्री बनाउन उनले सुझाए। उनले प्रदेशसभालाई बदनाम र जनतालाई बेबकुफ नबनाउन आग्रह गरे।

प्रमुख सचेतक कार्कीले संघीय सरकारले अघि सारेको ढुङ्गगिट्टी निकासी गर्ने नीति मिर्गौला बेचेर लुतोको उपचार गरेजस्तै भएको भन्दै उक्त नीतिप्रति कडा टिप्पणी गरे।

‘लुतोको उपचार गर्न मिर्गौला बेच्दा के हुन्छ ?’ भनेर प्रधानमन्त्रीलाई सोध्नुपर्ने उनको भनाइ थियो। ‘नेकपाका साथीहरुले प्रधानमन्त्रीलाई भेटिरहनुहुन्छ,’ उनले भने,  ‘भेट्दा एकपटक सोध्नुहोला, तपाईको मृगौला बेचेर लुतोकोउपचार गर्दा के हुन्छ प्रधानमन्त्रीज्यू भनेर ।’

अहिले सरकार गैरजिम्मेवार ढंगले अघि बढेको दाबी गर्दै उनले अहिलेको सरकार राष्ट्रघाति देखिएको बताए।

कांग्रेस सांसद् हिमाल कार्कीले सत्ता जोगाउन संघीय सरकारले चुरे दोहनका लागि ढुङ्गा गिटी बिदेश निर्यात गर्ने नीति लिएको दाबी गरे। सांसद् राधा थापाले ढुङ्गा गिटी निकासीको नीति तत्काल सच्याउन माग गरिन्।

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्