Kathmandu Press

कोरोना कहरमा विद्यार्थीलाई परीक्षा तयारी गर्न टुल नेपाल ‘एप’ सञ्चालनमा

कोरोना कहरमा विद्यार्थीलाई परीक्षा तयारी गर्न टुल नेपाल ‘एप’ सञ्चालनमा

काठमाडौं, जेठ २४ : कोरोना कहरलाई ध्यानमा राखेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीको प्रवेश परिक्षाको तयारीका लागि “टुल नेपाल” नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याइएको छ ।

कोरोना संक्रमणबाट जोगिने वैकल्पिक उपायका रुपमा तयार गरिएको ‘एप’ एसइइ दिएर बसेका विद्यार्थीहरुलाई भरपर्दो सहयोगी हुने प्रायोजकले बताएका छन् । विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए.आदि) अन्तर्गतका विभिन्न विषयहरूमा १० हजार भन्दा बढी बस्तुगत बहुबैकल्पिक प्रश्नहरुको अभ्यास गरी तयारी गर्न सक्नेछन् ।

प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएका कारण विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारी गर्न सहज हुने अपेक्षा छ । पुराना वर्षहरुका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिकरुपमा विभिन्न अनलाइन परिक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीहरुका साथै विभिन्न कलेजहरुको विस्तृत विवरणहरूले ‘एप’ लाई अझ प्रभावकारी बनाएको टेक्नेका टेक्नोलोजिज प्रा.लि. का सञ्चालक पवेग शर्माले बताए ।

कलेजहरुले चाहेको खण्डमा यसै  ‘एप’ मार्फत प्रवेश परिक्षा सञ्चालन र विभिन्न सुचनाहरु प्रकाशित गर्न समेत सक्ने छन् । ‘एप’ का मध्ययमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षीत रुपले घरमै बसेर प्रवेश परिक्षाको सम्पूर्ण तयारी गरेर आँफुले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वाससहित ‘एप’ को परिकल्पना गरिएको जनाइएको छ ।

‘मोबाइल एप’ हाल ‘एन्ड्रोइड’ र ‘वेव भर्जन’ मा उपलव्ध छ । अब छिट्टै ‘आइओएस’ मा पनि उपलब्ध कम्पनीका सञ्चालक शर्माले जानाकारी दिए ।  ‘एप’ निशुल्क ‘डाउनलोड’ गर्न सकिनेछ । 

प्रकाशित मिति: १८:५२ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्