Kathmandu Press

म्यान्चेस्टर सिटीका डिफेन्डर बार्सिलोनामा

काठमाडाैं, जेठ १८ : इंग्लिस क्लब म्यान्चेस्टर सिटीका युवा डिफेन्डिर इरिक गार्सिया स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएको छन्। २० वर्षीय गार्सिया फ्रि ट्रान्सफरमा...
म्यान्चेस्टर सिटीका डिफेन्डर बार्सिलोनामा

काठमाडाैं, जेठ १८ : इंग्लिस क्लब म्यान्चेस्टर सिटीका युवा डिफेन्डिर इरिक गार्सिया स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएको छन्। २० वर्षीय गार्सिया फ्रि ट्रान्सफरमा बार्सिलोनमा आबद्ध भएका हुन्।

बार्सिलोनाकै एकेडेमी ला मासियाका उत्पादन गार्सियाले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म क्याम्प नेउमा रहने छन्। बार्सिलोनाले गार्सियाको रिलिज क्लज ४ सय मिलियिन युरो तोकेको छ।

सन् २००८मा ला मासियामा आबद्ध भएका गार्सियाले बार्सिलोनाको यू–१९ र यू २३ टिमबाट खेलेका थिए । उनी सन् २०१७मा सिटीमा आबद्ध भएका थिए ।

सन् २०१८मा सिटीको सिनियर टिममा डेब्यू गरेका गार्सियाले सिटीका लागि ३५ खेल खेलेका छन् । यो सिजन भने उनले १२ खेल मात्र खेल्ने मौका पाएका थिए।

सन् २०२० मा स्पेनको राष्ट्रिय टिममा डेब्यू गरेका गार्सियाले त्यसयता ७ खेल खलिसकेका छन् । युरोकपका लागि घोषणा गरिएको स्पेनिस टिममा पनि छन्।

 

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्