चर्चित गायक कुलेन्द्र वि.क. र नवगायिका कोपिला ढकालको ‘पछ्यौरी मलमल’ (भिडियोसहित) 

काठमाडौं, जेठ १५ : चर्चित गायक एवं सर्जक शिव हमालको शब्द तथा संगीतमा ‘पछ्यौरी मलमल’ बोलको गीत सार्बजनिक भएको छ ।

पछिल्लो समय थुप्रै चर्चित गीतहरुको सिर्जना गरिसकेका हमालको यस गीतमा चर्चित गायक कुलेन्द्र वि.क. र नवगायिका कोपिला ढकालको स्वर रहेको छ ।

गायक वि.क.ले यसअघि थुप्रै चर्चित गीत गाईसकेका छन् भने नवगायिका ढकालले भने यहि गीतबाट सांगितीक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतले माया गर्ने प्रेम जोडीहरुबीचमा कसरी माया बस्छ भन्ने बिषयमा चर्चा गर्न खोजिएको छ ।

गीतको म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको अभिनय देख्न सकिन्छ । होम गुरुङले निर्देशन गरेको गीतलाई हमालको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । 

 Published Date: Saturday, 29th May 2021 9:17:00 pm