Kathmandu Press

के कुकुरले कोरोना संक्रमण पत्ता लगाउन सक्छ?

कुकुरबाट कोभिड–१९ भए–नभएको पत्ता लाग्ने दाबी अहिले चर्चामा छ। एक नयाँ अध्ययनले कुकुरले ९० प्रतिशतभन्दा बढी कोभिड–१९ रोग र लक्षणविहीन संक्रमण पनि पत्ता...
के कुकुरले कोरोना संक्रमण पत्ता लगाउन सक्छ?

कुकुरबाट कोभिड–१९ भए–नभएको पत्ता लाग्ने दाबी अहिले चर्चामा छ। एक नयाँ अध्ययनले कुकुरले ९० प्रतिशतभन्दा बढी कोभिड–१९ रोग र लक्षणविहीन संक्रमण पनि पत्ता लगाउन सक्ने र त्यसका लागि तालिम दिन सकिने दाबी गरेको छ। त्यसबाट नयाँ संक्रमितको व्यवस्थापनमा मद्दत पुग्ने शोधकर्ताहरूको भनाइ छ।

कुकुरमा विशिष्ट सुँघ्ने क्षमता (घ्राँण शक्ति) हुन्छ। कुकुरले क्यान्सर, मलेरिया, मिर्गीजस्ता रोग सुँघरै पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ।

यसअघिका धेरै अध्ययनबाट बनाइएको अवधारणाले भन्छ- कुकुरले ‘सार्स-कोभ-२’ पनि पत्ता लगाउन सक्छन्। लन्डन स्कुल अफ ट्रपिकल मेडिसिनका शोधकर्ताहरू पत्ता लगाउन चाहन्थे- कुकुरले कुनै यस्तो व्यक्तिसँग सम्बन्धित रासायनिक मिश्रणबाट निस्किने विशिष्ट गन्ध पत्ता लगाउन सकून्, जो कोभिड-१९ पजिटिभ छन् तर लक्षण देखिएको छैन।

शोधकर्ताले लक्षणविहीन ‘सार्स-कोभ-२’ वा हल्का लक्षणसहित संक्रमितले प्रयोग गरेका कपडा र मास्कबाट यो अध्ययन गरेका थिए।

त्यस क्रममा कोरोना संक्रमितका दुई सय जोर मोजा संकलन गरियो र रासायनिक मिश्रण छ वा छैन भन्ने पत्ता लगाउन प्रशिक्षण दिइएका ६ वटा कुकुरलाई परीक्षणमा सहभागी गरियो। कुकुरहरूले संक्रमितबारे गलत पहिचान नगरून् भनेर प्रशिक्षित गर्नु आवश्यक रहेको शोधकर्ताहरूको भनाइ छ।

‘यसको अर्थ कुकुरले पूर्ण रूपमा सही संक्रमित र संक्रमित नभएकाको फरक पत्ता लगाउन सक्छ,’ इन्फेक्सस एन्ड ट्रपिकल डिजिज फ्याकल्टीकी क्लेयर गेस्टले भनिन्। समग्रमा कुकुरहरू सफलतापूर्वक ८२ देखि ९४ प्रतिशतसम्म ‘सार्स–कोभ–२’ का नमूना पहिचान गर्न सक्षम भएको उनको भनाइ छ।

त्यसपछि शोधकर्ताहरूले हल्का लक्षण वा लक्षणविहीन बिरामी पत्ता लगाउन पीसीआर परीक्षण पनि गरे। त्यसो गर्दा आफ्नो अध्ययन कति प्रभावकारी छ भन्ने पत्ता लगाउन उनीहरूलाई मद्दत पुग्ने थियो।

कुकुरको प्रयोगबाट विमानस्थललगायत मानिसको बाक्लो आवागमन हुने स्थानमा कोभिड–१९ का ९१ प्रतिशत केस पत्ता लगाउन सकिने शोधकर्ताहरूको दाबी छ।

‘महत्त्वपूर्ण सुरुवात’

यो अध्ययनको समीक्षा हुन बाँकी छ। शोधकर्ताहरूले भने यो अनुसन्धानबाट कोरोना संक्रमण नभएका यात्रीले क्वारेन्टिन बस्नुपर्ने झण्झटबाट पार पाउने आशा गरेका छन्।

‘कुकुरहरू अन्य परीक्षणभन्दा छिटो हुन्छन् भन्ने हो,’ शोधकर्ता जेम्स लोगनले भने, ‘हाम्रो सुझाव के हो भने कुकुरहरूले संक्रमण छ वा छैन भनी प्रारम्भिक जाँच गर्नेछन् र त्यसपछि ती जो संक्रमित छन् भनी संकेत गरिएको हुन्छ, लाई निःशुल्क पीसीआर परीक्षण गरिनेछ।’

तीन सयजना यात्रा गरेको विमानमा एक प्रतिशतभन्दा कममा मात्र कोरोना संक्रमण पाइने शोधकर्ताहरूको भनाइ छ। उनीहरूले विभिन्न तथ्यांक विश्लेषणका आधारमा यस्तो निक्र्योल गरेका हुन्।

अधिकांश मुलुकमा अझै क्वारेन्टिनको नियम कायम छ। यदि तीन सयजना यात्री बोकेर विमान ती मुलुकमा अवतरण गर्नुपर्दा सबैलाई एकसाथ क्वारेन्टिनमा राख्नुपर्छ। पहिलो त यात्रीले अनावश्यक सास्ती पाउँछन् र दोस्रो– उनीहरूको व्यवस्थापनमा सरकारलाई पनि कम सास्ती हुँदैन।

तर, प्रशिक्षित कुकुरमार्फत धेरै यात्री सवार विमानमा कोरोना परीक्षण गर्दा ३५ जनामा मात्र संक्रमण पाइएको थियो। र, तीमध्ये तीनजनामा मात्र पीसीआर परीक्षणको नतिजा पजिटिभ आउने अपेक्षा गरिएको थियो।

‘यो वास्तवमै महत्त्वपूर्ण सुरुवात हो र यसले उपयोगी, प्रयोगात्मक प्रणालीतर्फ डो¥याउन सक्छ,’ ब्रिस्टल विश्वविद्यालयका कम्पेरेटिभ इम्युनोलोजीका प्राध्यापक मिक बेलीले भने, ‘तर, कुकुरहरूले भरपर्दो र विशेष रूपमा एयरपोर्ट र रेल स्टेसनहरूमा यात्रीमा लक्षणविहीन ‘सार्स–कोभ–२’ को संक्रमण पत्ता लगाउन सक्ने कुरामा हामी विश्वस्त हुनुअघि अझ धेरै प्रमाणीकरण गर्नु आवश्यक छ।’

(एएफपीबाट)
 

प्रकाशित मिति: ०६:१२ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्