Kathmandu Press

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित  ? 

काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।जसमध्ये सबैभन्दा बढी...
कुन जिल्लामा कति थपिए कोरोना संक्रमित  ? 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा बढी काठमाडौँमा २,३४६, कैलालीमा ७४२, मोरङमा ४६९, ललितपुरमा ४५४, कास्कीमा ४३४, रूपन्देहीमा ४१३, बाँकेमा ३७८ र बर्दियामा ३१३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरीमा ३००, भक्तपुरमा २९८, धनुषामा २३२, कञ्‍चनपुरमा २१८, सुर्खेतमा १९६, झापामा १७४, दाङमा १३७, महोत्तरीमा १३० र मकवानपुरमा १२४, सप्तरीमा १२१, पर्सामा ९८, पाल्पामा ९४, काभ्रेपलाञ्चोकमा ९१, स्याङजामा ८५, रौतहटमा ७६, नुवाकोटमा ७५, चितवनमा ६७, गोरखामा ६५, संखुवासभामा ६४, धनकुटामा ६३, पर्वतमा ६०, इलाममा ५९, सिन्धुपाल्चोकमा ५८, म्‍याग्दीमा ५७ र रामेछापमा ५४ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी लमजुङमा ४८, जाजरकोटमा ४६, गुल्मीमा ४४, सिन्धुलीमा ३६, दैलेख र डडेल्धुरामा ३५/३५ जना, डोटीमा २९, तनहुँ र नवलपरासी पश्‍चिममा २८/२८ जना, बारामा २७, सल्‍यानमा २३, पाँचथर र सर्लाहीमा २१/२१ जना र कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तेह्रथुम र सिरहामा १९/१९ जना, खोटाङमा १७, अर्घाखाँची र रूकुम पश्‍चिममा १६/१६ जना, धादिङमा १५,कालिकोटमा १३, ओखलढुंगा, अछाम र दार्चुलामा १२/१२ जना, ताप्लेजुङमा ९, नवलपरासी पूर्वमा ८ तथा उदयपुर, बागलुङ र जुम्लामा ७/७ जना, दोलखामा ४, सोलुखुम्बु र प्‍युठानमा ३/३ जना, भोजपुर, मनाङ, रोल्पा, बाजुरा र बैतडीमा २/२ जना तथा मुस्ताङ, मुगु र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

यस्तै ९ वर्ष मुनिका २१९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्