Kathmandu Press

कोराना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, नयाँ संक्रमितको संख्या ९२४७, निको हुने ५७६७ जना

सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा र ६ हजार ९७० जना संस्थागत आइसोलेसनमा छन्। आईसीयुमा १ हजार २ सय ५९ जना र भेन्टिलेटरमा ४ सय जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
कोराना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, नयाँ संक्रमितको संख्या ९२४७, निको हुने ५७६७ जना

काठमाडौं, जेठ ३ : कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्ला ३ दिन मृतक संख्या घटे पनि सोमबार फेरि बढेको हो। 

शुक्रबार मृतक संख्या २ सय ३, शनिबार १ सय ८७ र आइतबार १ सय ४५ थियो। थपिएकासहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना नयाँ संक्रमित थपिएका छन्। सो अवधिमा २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा ९ हजार १ सय ९८ जना र ४ सय ३४ एन्टिजेन परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ।

अहिले सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा र ६ हजार ९७० जना संस्थागत आइसोलेसनमा छन्। आईसीयुमा १ हजार २ सय ५९ जना र भेन्टिलेटरमा ४ सय जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ७ सय ६७ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २ सय २३ रहेको छ।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्