Kathmandu Press

कोरोनाबाट दाङको दंगीशरणका वडाध्यक्षको निधन

तुलसीपुर, जेठ ३ : कोरोना सङ्क्रमणबाट दाङको दंगीशरण गाउँपालिका-३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ। नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका...
कोरोनाबाट दाङको दंगीशरणका वडाध्यक्षको निधन
Hardik ivfHardik ivf

तुलसीपुर, जेठ ३ : कोरोना सङ्क्रमणबाट दाङको दंगीशरण गाउँपालिका-३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षको उमेरमा निधन भएको छ। 

नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज (सोमबार) निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए। 

यसैगरी कोरोनाबाट नै दाङकै बबई गाउँपालिका-४ का लक्ष्मण बस्नेतको निधन भएको छ। पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आजै निधन भएको हो। 

रेडियो हापुरेमा कार्यरत उनले गत हप्ता मात्र कोरोना पराजित गरेको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए। जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भइसकेको छ । यसअघि  पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।

जिल्लाका एक  सङ्क्रमितका बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका-१० का ३८ वर्षीया महिलाको आइतबार राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्