Kathmandu Press

काभ्रे अदालतले थाल्यो भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ

काठमाडौं, जेठ ३ : काभ्रेपलाञ्चोक जिल्ला अदालतले अनलाइन प्रविधिमार्फत मुद्दाको सुनुवाइ गर्न थालेको छ।उक्त अदालतले वैशाख ३० गते पहिलोपटक भर्चुअल माध्यमबाट सुनुवाइ गरी...
काभ्रे अदालतले थाल्यो भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ

काठमाडौं, जेठ ३ : काभ्रेपलाञ्चोक जिल्ला अदालतले अनलाइन प्रविधिमार्फत मुद्दाको सुनुवाइ गर्न थालेको छ।

उक्त अदालतले वैशाख ३० गते पहिलोपटक भर्चुअल माध्यमबाट सुनुवाइ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको म्याद थपको अनुमति प्रदान गरेको जनाइएको छ।

कोरोना महामारीमा मुद्दाका पक्ष र कानुन व्यवसायी  अदालतमा आउनुनपर्ने गरी अनलाइन प्रविधिको उपयोग गरी मुद्दाको सुनुवाइ र बहस थालिएको उक्त अदालतको भनाइ छ।

अदालतले जुम आइडी सरकारी वकिल, कानुन व्यवसायीलाई उपलब्ध गराएर जुम मिटिङ गरी मुद्दाको सुनुवाइ गरेको हो। 

भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने पहिलो दिन अर्थात् वैशाख ३० गते नै अनलाइन बहस गरी प्रमुख जिल्ला न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा रोशी गाउँपालिका–११ का वीरबहादुर गोलेलाई ६ महिना कैद र २५ हजार जरिवानाको फैसलासमेत गरेको थियो।

कानुन व्यवसायी र सरकारी वकिललाई अनलाइन माध्यमबाटै मुद्दाको मिसिल उपलब्ध गराइदिने र उनीहरुले घरबाटै बहस गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

दोस्रो दिन अर्थात् वैशाख ३१ गते शरण दनुवारको जाहेरीमा नेपाल सरकार बादी रहेको मुद्दामा कान्छा दनुवारसहित ३ जना प्रतिवादी विरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाको थुनछेक बहस भएको थियो।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्