Kathmandu Press

पहिलो च्याम्पियन बन्ने काठमाडौं र धनगढीको दाउ

काठमाडाैं, वैशाख ३१ : नेपाल पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगित नेपाल सुपर लिग शनिबारबाट सकिँदै छ। दशरथ रंगशालामा शनिबार साँझ हुने...
पहिलो च्याम्पियन बन्ने काठमाडौं र धनगढीको दाउ
तस्बिर : सुजल बज्राचार्य

काठमाडाैं, वैशाख ३१ : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग शनिबारबाट सकिँदै छ। दशरथ रंगशालामा शनिबार साँझ हुने फाइनलमा धनगढी एफसी र काठमाडौं रेजर्सले उपाधिको दाबेदारी प्रस्तुत गर्ने छन्।

दुवै पहिलो च्याम्पियन बन्ने दाउमा हुने छन्। धगनढी काठमाडौंविरुद्धको जितको यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिने दाउमा हुने छ भने काठमाडौं दाउ दुई पटकको पराजयको बदला लिनु हुनेछ।

फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्स दुवै टिमले गल्ती सुधार्दै उपाधि जित्ने योजना रहेका बताएका छन् । प्रिम्याच कन्फ्रेन्समा काठमाडौंका कप्तान विकेश कुथु, प्रशिक्षक बालगोपाल महर्जन तथा धनगढीका कप्तान किरण चेम्जोङ र प्रशिक्षक तोपे फुजा उपस्थित थिए ।

धनगढीका प्रशिक्षक तोपे फुजाले प्रतियोगितामा दुईपटक पराजित गरेपनि काठमाडौं उत्कृष्ट टिम भएको बताउँदै फाइनलका लागि आफूहरु सचेत भएको बताए । भने, ‘हामीले काठमाडौंलाई दुई पटक हराएका छौं, तर त्यसले फाइनलमा केही फरक पार्ने छैन । काठमाडौं उत्कृष्ट टिम हो, र हामी त्यसमा सचेत र्छौं ।’

काठमाडौंविरुद्ध दुई जित निकाले पनि शनिबार हुने फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा धनगढीका कप्तान किरण चेम्जोङले गरे। उनले कप्तानमा रुपमा क्लब या राष्ट्रिय टिम प्रेरस उस्तै हुने बताए । ‘सुरुआती खेल हारेर पनि हामीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका छौं, फाइनलमा पनि सोही लय कायम राख्दै उपाधि जित्न चाहन्छौं,’ चेम्जेङले भने ।

यसैगरी काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले अघिल्ला दुई खेलमा भएका गल्ती सुधार्दै उपाधि जित्न मैदान उत्रने बताए । ‘हामी लिग र प्लेअफमा धनगढीसँग पराजित भयौं, फेरि हामी फाइनलमा भिड्दै छौं’ उनले भने, ‘ती दुई खेलका गल्तीलाई सुधार गर्दै जितको मानसिकताका साथ मैदान उत्रने छाैं।’ खेलाडीहरुले रेस्ट कम पाएकाले खेलमा असर पर्न सक्ने उनले बताए ।

यता, काठमाडौंका कप्तान विकेश कुथुले टिमको प्रदर्शनमा उतारचढाव रहेपनि जितकै लागि मैदान उत्रने बताए । उनले विगतका गल्तीबाट पाठसिक्दै नेपाल सुपर लिगको पहिलो च्याम्पियन बन्ने लक्ष्य रहेको र त्यसको लागि मेहनत गर्ने बताए । कुथुले पहिलो कप्तानका रुपमा उपाधि नजिक पुगेको र त्यसलाई सुखद अन्त्य गर्ने लक्ष्य रहेको बताए।

 

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्