Kathmandu Press

 प्यालेस्टाइनी समर्थनमा  फ्रान्समा प्रदर्शन गर्न नपाइने 

पेरिस, वैशाख ३१ : फ्रान्सले राजधानी पेरिसमा भइरहेको प्यालेस्टाइनी समर्थन प्रदर्शनमा प्रतिबन्ध लगाउन प्रहरीलाई आदेश दिएको छ। इजरायल र प्यालेस्टाइनी अतंकवादी समूह हामासबिच भइरहेको द्वन्द्वको...
 प्यालेस्टाइनी समर्थनमा  फ्रान्समा प्रदर्शन गर्न नपाइने 

पेरिस, वैशाख ३१ : फ्रान्सले राजधानी पेरिसमा भइरहेको प्यालेस्टाइनी समर्थन प्रदर्शनमा प्रतिबन्ध लगाउन प्रहरीलाई आदेश दिएको छ। 

इजरायल र प्यालेस्टाइनी अतंकवादी समूह हामासबिच भइरहेको द्वन्द्वको विषयमा पेरिसमा भइरहेको प्यालेस्टाइनी समर्थन प्रदर्शनलाई प्रतिबन्ध गर्न फ्रान्सले प्रहरीलाई बिहीबार आदेश दिएको हो ।  

फ्रान्सका आन्तरिक मन्त्रीले प्यालेस्टाइनी समर्थन प्रर्दशनलाई प्रतिबन्ध गर्न आदेश दिएका छन्।  

‘मैले पेरिसका पुलिस प्रमुखलाई इजरायल–प्यालेस्टाइन बिचको तनावसँग जोडिएको विरोध प्रदर्शनमा प्रतिबन्ध लगाउन आदेश दिएको छु,’ फ्रान्सका आन्तरिक मन्त्री जेरल्ड डर्मनिनले भने। 

प्यालेस्टाइनको गाजा शहरमा इजरायलले गरेको हवाई हमलाविरूद्ध प्रदर्शन गर्न अधिकारकर्मीले उत्तरी पेरिसको बार्बेस जिल्लामा विरोध प्रदर्शन आह्वान गरेका छन् । 

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्