Kathmandu Press

तदर्थवादबाट पार्टी चल्दा कार्यकर्तामा निराशा छायोः सिंह

वीरगञ्ज, जेठ ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्।

नेपाली कांग....

तदर्थवादबाट पार्टी चल्दा कार्यकर्तामा निराशा छायोः सिंह

वीरगञ्ज, जेठ ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्।

नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले देशभर पार्टीप्रति जनचासो बढिरहेपनि नेतृत्वले आकर्षकका कार्यक्रम दिन नसकेर अलमलिएको बताए।

कांग्रेसभित्र डाइनामिक नेताको खोजी भइरहेको भन्दै सिंहले गतिशील र मजबुत कांग्रेसको अपेक्षा मुलुकले नै गरिरहेको बताए। आफूहरु व्यक्ति को भन्दा पनि सशक्त र बलियो पार्टी निर्माणमा लागि परिरहेको उनले बताए।

पार्टीका भ्रातृ संगठनहरु समेत लथालिङ्ग अवस्थामा रहेकाले तदर्थवादबाट पार्टी सञ्चालन हुँदा कार्यकर्तामा निराशा खाएको सिंहको भनाइ छ। उनले कमजोर पार्टी संगठनले मैदानको लगाइ जित्न नसक्ने बताए।

फरक प्रसंगमा नेता सिंहले सरकार एकपछि अर्को विवादस्पद मुद्दामा फसिरहेको आरोप लगाए। मुलुको संस्कृति र ऐतिहासिक धर्म संस्कारको नष्ट गर्ने गलत मनसायका साथ गुठी विधेयक ल्याइएको सिंहले आरोप लगाए। 

प्रकाशित मिति: ००:३८ बजे, शुक्रबार, जेठ ३१, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्