Kathmandu Press

चीनको ठम्याइ– विश्व व्यवस्थामा नयाँ शीतयुद्ध होइन, सामञ्जस्यता अत्यावश्यक

सन् १९९८ को आर्थिक मन्दीपछि एसियाली मुलुकहरूबीच एकीकृत आर्थिक पहलका लागि सन् २००१ मा बोआओ फोरम फर एसिया (बीएफए) स्थापना भयो । स्थापनाको...
चीनको ठम्याइ– विश्व व्यवस्थामा नयाँ शीतयुद्ध होइन, सामञ्जस्यता अत्यावश्यक
Hardik ivfHardik ivf

सन् १९९८ को आर्थिक मन्दीपछि एसियाली मुलुकहरूबीच एकीकृत आर्थिक पहलका लागि सन् २००१ मा बोआओ फोरम फर एसिया (बीएफए) स्थापना भयो । स्थापनाको दुई दशकपछि विश्व फेरि एक संकटबाट गुज्रिरहेको छ । र, भविष्यका सम्भावित चुनौतिसँग लड्न समानता र न्यायमा आधारित सहयोग बढी आवश्यक देखिएको छ ।

तर, उत्तरदायी र होसियारीपूर्ण ढंगले अगाडि बढ्नुपर्ने बेलामा अस्थिरता र अनिश्चितता बढ्दो छ । जब कि, यो समय विस्तृत परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्तका आधारमा विश्व व्यवस्था अडिनुपर्छ । वास्तविक बहुपक्षीयतालाई सबैले समर्थन गर्नैपर्छ । विश्वव्यापी सुशासन अझ बढी निष्पक्ष र न्यायसंगत हुनुपर्छ । चीनको दक्षिणी प्रान्त हेनानमा आयोजित यस वर्षको बीएफए सम्मेलनबाट यो सन्देश स्पष्ट रूपमा प्रवाह भएको छ ।

आर्थिक भूमण्डलीकरणको प्रबद्र्धनका लागि चीनको ठोस कामलाई बीएफएले एक उदाहरणका रूपमा प्रस्तुत गरेको छ, जसले नवीकृत लचिलोपनमा जोड दिन्छ । खुला बजारमा आधारित विश्व अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धतासहित चीन ‘पर्खाल’ खडा गर्ने वा एकअर्कालाई अलग गर्ने प्रयासविरुद्ध खडा छ । त्यस्ता प्रयास अर्थतन्त्र र खुला बजारको सिद्धान्तविपरीत छन्, जसले समाधान पहिल्याउनुको साटो हानी मात्र पुर्‍याउँछ ।

चीनले दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धि प्राप्त गर्न खुला, समावेशी, स्वच्छ र सुन्दर विश्वको खोजीमा ‘मानवताका लागि साझा भविष्य साझेदारी गर्ने समुदाय’ निर्माणको वकालत गर्छ ।

चीनसहित अन्य मुलुक यो विचारलाई प्रयोगमा ल्याउन सहकार्य गरिरहेका छन् । चीनले अझ उच्चस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई प्रबद्र्धन गरिरहेको छ । एक सय ३८ मुलुक र ३१ अन्तर्राष्ट्रिय संस्थाहरू यसमा आबद्धता भइसकेका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा चीनले सबै मुलुकमा खोपको पहुँच पुर्‍याउने र विश्वव्यापी हितका रूपमा आफ्ना खोप उपलब्ध गराउने बाचा गरेको छ ।

जलवायु परिवर्तनसँग लड्न चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको उच्च उत्सर्जनलाई कम गर्न ठूलो परिश्रम गर्नेछ । र, सन् २०६० सम्ममा कार्बनलाई निश्क्रिय बनाउने उद्देश्य लिएको छ । यो काम अत्यन्तै चुनौतीपूर्ण छ तर चीन आफ्नो बाचा पूरा गर्न कटिबद्ध छ ।

यसमा धेरै व्याख्या आवश्यक छैन किनकि तथ्यले नै बोलिरहेका छन् । विश्वव्यापी समन्वय र सुशासन प्रबद्र्धनमा चीनले सदैव सक्रिय योगदान दिँदै आएकै छ । चीनले आफू जति नै शक्तिशाली भए पनि कहिल्यै नायकत्व, विस्तारवाद वा प्रभाव क्षेत्र खोज्दैन । चीनले शीतयुद्ध र एकल राजको मानसिकतालाई अस्वीकार गर्छ । अनि, नयाँ ‘शीतयुद्ध’को उदय र जुनसुकै रूपमा वैचारिक विरोधको सामना गर्छ ।

किनकि, चीन कुनै पनि राष्ट्रको प्रतिद्वन्द्वी होइन । यद्यपि, पश्चिमका केही राजनीतिज्ञले ताइवान, हङकङ र सिन्जियाङसँग सम्बन्धित मुद्दाहरूको नचाहिँदो ढंगबाट उपयोग गरिरहेका छन् । ती राष्ट्रले अरूको वरिपरि शासक बन्ने वा अरूको आन्तरिक मामिलामा मध्यस्थता गर्दा कसैलाई सहयोग पुग्दैन वा लाभ हुँदैन भन्ने हेक्का राख्नुपर्छ । चीन आफ्नो सिद्धान्तको रेखा स्पष्ट रहिआएको छ र कहिल्यै त्यो रेखा पार गर्न सक्दैन ।

यो चुनौतीहरूको युग हो तर आशाको युग पनि हो । बहुपक्षीयताको समर्थन, संवाद र समन्वय वृद्धिको आयतन अझ बलियो भएको छ । यही आवाज बीएफए बैठकमा पनि मुखरित भएको थियो ।

विश्वशान्ति र विकासको प्रवृत्तिमा आश्वस्त हुने कारण छन् । र, एसिया र त्यसपछिका धेरै मुलुक अन्तर्राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्दै विश्वव्यापी विकास र समृद्धिको प्रबद्र्धनमा सामेल हुने आशा गर्न सकिन्छ ।

(बोआओ फोरममाथि चिनियाँ समाचार संस्था सिन्हवाको टिप्पणी)
 

प्रकाशित मिति: ०६:२४ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्