Kathmandu Press

कोरोन संक्रमण बढेपछि बाँकेमा लकडाउन गर्न सिफारिस

बाँके, वैशाख ७ : कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएपछि बाँकेमा लकडाउन गर्न सिफारिस गरिएको छ ।  डीसीसीएमसीको मंगलबार बसेको बैठकले जिल्लामा संक्रमणको महामारी...
कोरोन संक्रमण बढेपछि बाँकेमा लकडाउन गर्न सिफारिस

बाँके, वैशाख ७ : कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएपछि बाँकेमा लकडाउन गर्न सिफारिस गरिएको छ ।  

डीसीसीएमसीको मंगलबार बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न वैशाख ९ गतेबाट जिल्लामा लकडाउनका लागि सिफारिस गरेको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललालका अनुसार विगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको हो ।  

संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरूले बाँकेमा लकडाउन आवश्यक रहेको बताएका थिए । 
 

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्