Kathmandu Press

कोरोना महामारी– दैनिक संक्रमण उच्च विन्दुमा, काठमाडौं उपत्यकामा सबैभन्दा बढी

वैशाखको पहिलो सातामा मात्रै देशभर थप पाँच हजार २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको सरकारी तथ्यांक छ।
कोरोना महामारी– दैनिक संक्रमण उच्च विन्दुमा, काठमाडौं उपत्यकामा सबैभन्दा बढी
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ७ : नेपालमा नयाँ वर्षसँगै कोरोना संक्रमण पनि तीव्र रुपमा फैलिरहेको छ । तथ्यांक हेर्ने हो भने दैनिक दुई सयदेखि चार सयको हाराहारीमा संक्रमितहरू थपिइरहेका छन् । 

वैशाखको पहिलो सातामा मात्रै देशभर थप पाँच हजार २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको सरकारी तथ्यांक छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार २ सय ५९ जना संक्रमित रहेका छन्। 

वैशाख १ गते देशभर ६ सय ३ जना कोरोना संक्रमित भेटिँदा एक सय ७३ काठमाडौंका, २० भक्तपुरका र ६१ ललितपुरका थिए । यस्तै वैशाख २ गते देशभर पाँच सय ३४ जना संक्रमितमध्ये काठमाडौंमा एक सय ४६, भक्तपुरमा ८ र ललितपुरमा ४३ जना गरि उपत्यकामा एक सय ९६ जना संक्रमित भेटिएका थिए ।

वैशाख ३ गते यो संख्या ह्वात्तै बढेर नौ सय पुगेको थियो । जसमध्ये उपत्यकामा मात्रै तीन सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भयो । काठमाडौंमा दुई सय ८६, भक्तपुरमा १९ र ललितपुरमा ४३ गरी देशभर नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

यस्तै वैशाख ४ गते देशभर आठ सय ४३ जना थप संक्रमित भेटिँदा उपत्यकामा मात्रै तीन सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा तीन सय २६, भक्तपुरमा ९ र ललितपुरमा ७४ जनामा संक्रमण भेटिएको हो । वैशाख ५ गते कोरोना संक्रमण बढेर एक हजार नाघेको थियो । देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण देखिएकोमा उपत्यकाका चार सय ३५ जना रहेका छन्। जसमध्ये काठमाडौंमा तीन सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना संक्रमित भेटिएको हो।

वैशाख ६ गते भने यो वर्षकै सबैभन्दा बढी संक्रमित भेटिएको थियो । देशभर एक हजार दुई सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्ये झण्डै आधा उपत्यकामा भेटिएको हो। उपत्यकामा कुल ६ सय ३४ जना मध्ये पाँच सय पाँच काठमाडौंका, ३२ भक्तपुरका र ९७ ललितपुरका रहेका छन्।
 

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्