Kathmandu Press

त्रिकोणात्मक टी २० मा नेपाल र नेदरल्याण्ड्स भिड्दैं, दर्शकलाई प्रवेश निषेध

त्रिकोणात्मक टी २० मा नेपाल र नेदरल्याण्ड्स भिड्दैं, दर्शकलाई प्रवेश निषेध

काठमाडौं, वैशाख ७ : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ ।

उता नेदरल्याण्ड्स पनि पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिन चाहान्छ । प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले नैं पाखा लगाएको थियो ।  

यसैबीच, आज हुने खेलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सोमबारको मन्त्रिपरिषको बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो । सोही अनुसार क्यानले आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको हो ।

प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्