Kathmandu Press

नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

काठमाडौं, वैशाख ६ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताएका छन्।अर्थ मन्त्रालय सोमबार एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी...
नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

काठमाडौं, वैशाख ६ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताएका छन्।

अर्थ मन्त्रालय सोमबार एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताए।

उनले तराई मधेशमा विखण्डनको नारा लगाउने सिके राउतलाई सरकारको पहलमा नै मूलधारमा ल्याइएको र पछिल्लो पटक नेत्रविक्रम चन्द समूहसमेत शान्तिपूर्ण गतिविधिमा आएकाले शान्ति सुरक्षाका सम्बन्धमा कुनै पनि चिन्ता गर्नुपर्ने अवस्था नभएको उल्लेख गरे।

अर्थमन्त्रीले पौडेलले गैरआवासीय नेपालको छरिएर रहेको पूँजीलाई एकीकृत गरेर देशभित्र लगानी गर्न आग्रह गर्दै कानूनी, नीतिगत एवं अन्य समस्या भए त्यसलाई समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे। गैरआवासीय नेपालीले प्रवर्द्धन गरेका आयोजना अन्यभन्दा फरक र नमूनायोग्य हुनुपर्नेमा जोड दिँदै उनले पूँजी र प्रविधि भित्र्याउने दूतको रुपमा क्रियाशील हुन आग्रह गरे।

उनले गैरआवासीय नेपालीको छरिएर रहेको सानो सानो पूँजीका अलावा  विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउनका लागि क्रियाशील हुन आग्रह गरे। अर्थमन्त्री पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी ल्याउन र नेपालमा लगानीमैत्री वातावरण छ भन्ने तथ्यलाई प्रचारप्रसार गर्न अनुरोध गरे।

सो अवसरमा अर्थमन्त्रीले गैरआवासीय नेपालीले नेपालको भौतिक पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रका लगानी गर्ने ध्येयका साथ १० अर्ब पुँजी भएको एनआरएन डेभलपमेन्ट फण्ड लिमिटेडको औपचारिक शुभारम्भ गरेका छन्। फण्डमा सरकारको पाँच प्रतिशत लगानी रहनेछ। कम्पनीको सञ्चालक समितिमा व्यवसायी उपेन्द्र महतो अध्यक्ष छन्।

प्रकाशित मिति: २०:३९ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्