Kathmandu Press

कुशलले बनाए दोस्रो खेलमा पनि अर्धशतक

काठमाडौं, वैशाख ६ : जारी त्रिकोणात्मक सिरिजबाटै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले लागतार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टियू...
कुशलले बनाए दोस्रो खेलमा पनि अर्धशतक

काठमाडौं, वैशाख ६ : जारी त्रिकोणात्मक सिरिजबाटै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले लागतार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा जारी सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध कुशलले २६ बलमा अर्धशतक बनाएका हुन्।

कुशलले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे। कुशलले आक्रामक इनिङ खेलेपछि ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल सहज जित तर्फ अग्रसर भएको छ।

यअसघि कुशलले नेदरल्यान्ड्विरुद्ध पनि ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए।

११ ओभरको समाप्तिमा नेपालले विना क्षति १०२ रन बनाएको छ । नेपालका कुशल र आसिफ शेखले लागतार दोस्रो खेलमा पनि शतकीय साझेदारी गरेका छन्।
कुशल ३८ बलमा ५८ रन बनाएर खेलिरहेका छन् भने आसिफले २८ बलमा ४२ रन बनाएका छन्।

यअसघि करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि मलेसिया १०९ रनमै अलआउट भएको थियो। करणले ३ र सन्दीपले २ विकेट लिए।

 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्