Kathmandu Press

कांग्रेस, माओवादी केन्द्र र जसपाद्वारा लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

उक्त अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।
कांग्रेस, माओवादी केन्द्र र जसपाद्वारा लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
Hardik ivfHardik ivf

बुटवल, वैशाख ६ : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। 

ती दलका प्रतिनिधि अविश्वासको प्रस्ताव लिएर साेमबार प्रदेशसभा सचिवालयमा पुगेका हुन्। उक्त अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। उनी लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका पाँच सांसदले हस्ताक्षर गरेका छन्। एक सातादेखि जसपाकी सांसद कल्पना पाण्डेले साथ नदिँदा अविश्वासको प्रस्ताव रोकिएको थियो। उनलाई फकाउन माओवादी, कांग्रेसलगायत दलका नेताहरु सक्रिय भएका थिए। 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसदको पद खारेज भएको छ। त्यसकारण यहाँ नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ।

यस प्रदेशसभामा एमालेका ४१ सांसद छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति: १३:२० बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्