Kathmandu Press

आईपीएलमा दिल्लीको दोस्रो जित

आईपीएलमा दिल्लीको दोस्रो जित

काठमाडौँ, वैशाख ६ : दिल्ली क्यापिटल्सले आईपीएलमा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए । मार्कुस स्टोनिस २७ रनमा अविजित रहे ।

ललित यादव १२ रनमा अविजित रहे । पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक जोडेको पन्जाब सातौँ स्थानमा छ ।

प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्