Kathmandu Press

बैंगलोर आईपीएलको शीर्ष स्थानमा, कोलकत्ता ३९ रनले पराजित

काठमाडौं, वैशाख ६ : रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित निकालेको बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा...
बैंगलोर आईपीएलको शीर्ष स्थानमा, कोलकत्ता ३९ रनले पराजित

काठमाडौं, वैशाख ६ : रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित निकालेको बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईमा आइतबार भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको हो । बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए ।

कप्तान इयान मोर्गनले २९ रन जोड्दा शकिब अल हसन २६ रनमा आउट भए । बैंगलोरका केली जेमिसनले ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २ २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ७८ रन बनाए भने भिलियर्सले ३४ बलमा अविजित रहदै ७६ रन बनाए । आइपीएलमा कोलकत्ताको यो दोस्रो हार हो । कोलकत्ताले ३ खेलमा २ अंक मात्र जोडेको छ ।

प्रकाशित मिति: ०६:२९ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्