Kathmandu Press

म्याक्स ओ’डोडको शतकमा नेदरल्यान्ड्स विजयी

काठमाडौंं, वैशाख ५ : म्याक्स ओ’डोडले सानदार शतक प्रहार गरेपछि त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्यान्ड्स विजयी भएको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा...
म्याक्स ओ’डोडको शतकमा नेदरल्यान्ड्स विजयी
Hardik ivfHardik ivf

काठमाडौंं, वैशाख ५ : म्याक्स ओ’डोडले सानदार शतक प्रहार गरेपछि त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्यान्ड्स विजयी भएको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा ओ’डोडले शतक प्रहार गरेपछि नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हरायो।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सको यो पहिलो जित हो। यसअघि प्रतियोगितको उद्घाटन खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो।

टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनान सक्यो। उसका लािग भिरन्दीप सिंहले सर्वाधिक ८७ रन बनाए । उनले ५३ बल खेल्दै समान ६ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, सर्विन मुनियन्डीले २८ र अमिनुद्दीन राम्लीले २६ रनको योगदान दिए। नेदल्यान्ड्सका आर्यन दत्त, बास डे लिड र सेवास्टिन बरातले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ओ’डोडको शतक मद्दतमा २ विकेट गुमाउँदै १९२ रन बनायो । नटआउट रहेका ओ’डोडले उनले ७३ बल खेल्दै १५ चौका र ६ छक्का प्रहार गर्दै १३३ रन बनाए । यो नदेरल्यान्ड्सका लागि टि–२० आईको पहिलो शतक हो।

यस्तै, स्कट इडवार्डसले २३ बलमा ३१ रन बनाए भने वेन कुपरमा २० बलमा २० रन बनाए। मलेसियाका अनवर रहमान र पवनदीप सिंहले समान १ विकेट लिए।

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा मंगलबार नेपाल र मलेसिया भिड्ने छन्।

 

 

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्