Kathmandu Press

बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि 

काठमाडौं, वैशाख ५ : स्पेनिस कोपा डेल रे कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ।  गएराति राति एथ्लेटिक बिल्बाओलाई  ४–० गोलको फराकिलो अन्तरले हराउँदै...
बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि 

काठमाडौं, वैशाख ५ : स्पेनिस कोपा डेल रे कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ।  गएराति राति एथ्लेटिक बिल्बाओलाई  ४–० गोलको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले दुई वर्षपछि पहिलो उपाधि उचालेको हो।

यो बार्सिलोनाको ३१ औँ कोपा उपाधि हो। बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोइनी ग्रिजमेन र डीजोङले एक एक गोल गरे। व्यक्तिगत रुपमा बार्सिलोनामा मेस्सीका लागि यो उनको सातौँ कोपा उपाधि हो। यसअघि उनले २००९ मा पहिलोपटक कोपा उपाधि जितेका थिए।

बिल्बाओ भने एकै वर्ष दुई फाइनल खेल्न पाए पनि उपाधि चुम्नबाट बञ्चित रह्यो। कोरोनाका कारण कारण रोकिएको फाइनल खेल्दा बिल्बाओ रियल सोसिडाडसँग पराजित भएको थियो। बार्सिलोनाको यो ३१औ कोपा उपाधि हो।

बार्सिलोना अहिलेसम्म सबैभन्दा धेरै पटक कोपाको उपाधि जित्ने टिम पनि हो। बार्सिलोनापछि एथलेटिक बिल्बाओले २३ पटक यो उपाधि जितेको छ।

त्यस्तै रियल म्याड्रिडले १९ पटक र एथलेटिको म्याड्रिडले १० पटक कोपाको उपाधि जितेको छ। 

प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्