Kathmandu Press

भारतमा एकैदिनमा २ लाख ६० हजार वढी संक्रमित 

काठमाडौं, वैशाख ५ : भारतमा पछिल्लो २४ घण्टामा मात्र  २ लाख ६० हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २...
भारतमा एकैदिनमा २ लाख ६० हजार वढी संक्रमित 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ५ : भारतमा पछिल्लो २४ घण्टामा मात्र  २ लाख ६० हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण हुँदा संक्रमितको कुल संख्या १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ ।

भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतमा हालसम्म १ करोड २८ लाख ३ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १ हजार ५०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ०७:०७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्