Kathmandu Press

डेब्युमै कुशलको अर्धशतक

काठमाडाैं, वैशाख ४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टि–२० अन्तर्राष्ट्रिष्य क्रिकेटमा डेब्यू खेलमै शतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी...
डेब्युमै कुशलको अर्धशतक

काठमाडाैं, वैशाख ४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टि–२० अन्तर्राष्ट्रिष्य क्रिकेटमा डेब्यू खेलमै शतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध कुशकले अर्धशतक प्रहार गरेका हुन्।

नेदरल्यान्ड्सविरुद्ध सुरुवातदेखि नै आक्रमण इनिङ खेलेका भुर्तेलले ३० बलमा अर्धशतक पुरा गरे। उनले उनले ५ चौका ४ छक्का प्रहार गरे।

कुशलको अर्धशतक मद्दतमा नेदरल्यान्ड्सविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। कुशल र आसिफ सेखले ९ ओभरमा ८५ रनको साझेदारी गरेका छन्।

नेदरल्यान्ड्सविरुद्ध नेपाल ३४७ रनको लक्ष्य पछ्याइरेको छ। टियू मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सका लागि बास डे लिडले सर्वाधिक ४० रन बनाए भने स्कट इडवाड्र्सले ३० रन बनाए । लिडले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे भने इडवाड्र्सले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस्तै, कप्तान पिटर सिलरले १७ बलमा २३ रन बनाए भने एन्टोनिउस स्टलले ९ बलमा २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेरु २ विकेट लिए भने सोमपाल कामी र साहब आलमले समान १ विकेट लिए । डेब्यू खेलमा साहबले ४ ओभरमा ४५ रन खर्चिए ।

 

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्