Kathmandu Press

चुच्चे नक्सासहित सम्मान

राष्‍ट्रपति विद्यादेवी भण्डारीले बुधबार सम्मान गरेका चार सय ५२ जनाको पदकमा कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटिएको ‘चुच्चे नक्सा’ समावेश भएको छ।
चुच्चे नक्सासहित सम्मान

काठमाडौं, वैशाख १ : राष्‍ट्रपति विद्यादेवी भण्डारीले बुधबार सम्मान गरेका चार सय ५२ जनाको पदकमा कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटिएको ‘चुच्चे नक्सा’ समावेश भएको छ।

गत २७ चैतमा वितरित पदकमा ‘चुच्चे नक्सा’ अंकित नभएको बताउँदै समाजिक सञ्‍जालदेखि संसद्सम्ममा विरोध भएको थियो।

विरोध तीव्र बनेपछि गृह मन्त्रालयले सूचना नै प्रकाशित गरेर ती पदक ३ असोज ०७६ मा घोषणा भएकाले चुच्चे नक्सा नसमेटिएको स्पष्‍टीकरण दिनुपरेको थियो।

बुधबार वितरित पदकहरू भने ३ असोज ०७७ मा घोषणा भएका थिए। सरकारले संविधान दिवसमा विभिन्न क्षेत्रमा रहेर राष्‍ट्रलाई योगदान पुर्‍याएका व्यक्तिहरूलाई मानपदवी वितरण गर्ने गरेको छ।

मन्त्रिपरिषदको १ असोजको निर्णयअनुसार ३ असोज ०७७ मा संविधान दिवसको अवसरमा चार सय ५२ जनालाई १ वैशाखमा विभूषित गरिएको हो। ‘हामी चुच्चे नक्सासहित राज्यबाट विभुषण पाउने पहिलो पंक्ति बनेका छौँ,’ एक उच्च सरकारी अधिकारीले काठमाडौं प्रेससँग भने।
 

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्