Kathmandu Press

गेस्ट हाउसमा पुरुषको मृत्यु, दुईजना पक्राउ

काठमाडौं, चैत २९ : काठमाडौंको गोंगबुस्थित सन्तोषी गेस्ट हाउसमा शनिबार राति पौने १० बजे स्याङ्जा घर भई नवलपरासी बस्ने नारायण घर्ती मगर मृत...
गेस्ट हाउसमा पुरुषको मृत्यु, दुईजना पक्राउ

काठमाडौं, चैत २९ : काठमाडौंको गोंगबुस्थित सन्तोषी गेस्ट हाउसमा शनिबार राति पौने १० बजे स्याङ्जा घर भई नवलपरासी बस्ने नारायण घर्ती मगर मृत फेला परेको थियो। सो घटनामा प्रहरीले नारायणसँगै सोही होटलमा बसेका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धब्बुराम बस्नेत र राजकुमार कवर योगी रहेको प्रहरीले जनाएको छ। धब्बुरामलाई बुटवलबाट र राजकुमारलाई काठमाडौं आरूबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले शनिबार राति सँगै खाना खाएका रहेछन् । थप अनुसन्धान गर्नुपर्ने देखिएको प्रहरीको भनाइ छ।
मृतकको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी उपरीक्षक ९एसपी० रमेश बस्नेतले जानकारी दिए।

प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ। सोही नागरिकताको आधारमा उनको पहिचान भएको हो।

प्रहरीका अनुसार शनिबार गेस्ट हाउसको २०४ नम्बरको कोठाका राजु क्षेत्रीका नाममा इन्ट्री भएको थियो, जहाँ नारायण मृत भेटिएका थिए। थप कुरा पोस्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्