Kathmandu Press

व्यायाम गर्नुअघि कफी पिउँदाको फाइदा

काठमाडौं, चैत १८ : यदि तपाईं व्यायामद्वारा शरीरको मोटोपना घटाउने सोच्दै हुनुहुन्छ भने व्यायाम सुरु गर्नुभन्दा आधा घण्टाअघि कफी पिउनुहोस् । नयाँ अध्ययन भन्छ–व्यायामअघि...
व्यायाम गर्नुअघि कफी पिउँदाको फाइदा
Hardik ivfHardik ivf

काठमाडौं, चैत १८ : यदि तपाईं व्यायामद्वारा शरीरको मोटोपना घटाउने सोच्दै हुनुहुन्छ भने व्यायाम सुरु गर्नुभन्दा आधा घण्टाअघि कफी पिउनुहोस् । नयाँ अध्ययन भन्छ–व्यायामअघि कफी पिउँदा मोटोपना घटाउन सकिन्छ ।

नयाँ अध्ययनमा १५ स्वयंसेवक सहभागी थिए । शोधकर्ताहरूले एरोबिक गर्नुअघि कफी पिउँदा उल्लेख्य मात्रामा बोसो पग्लिने पत्ता लगाएका छन् ।

कफी पिउँदा बिहान औसत १०.७ र दिउँसो २९ प्रतिशतले अधिकतम ‘फ्याट अक्सिडेसन’ (एमएफओ) हुने अध्ययनमा देखिएको छ । यो भनेको शरीरको मोटोपना कसरी घट्छ भनी जाँच गरिने एक तरिका हो ।

कफीले दिउँसोको तुलनामा बिहान कम बोसो पगाल्छ भन्ने हालसम्मको बुझाइ थियो । ‘फ्याट अक्सिडेसन बढाउन बिहान खाली पेटमा व्यायाम गर्न सिफारिस गर्ने गरिएको छ,’ स्पेनको ग्रानडा युनिभर्सिटीका फिजियोलोजिस्ट फ्रान्सिस्को जोसे अमारो–गाहेटेले भने, ‘यद्यपि, यस सिफारिसमा वैज्ञानिक आधार नहुन सक्छ । किनकि, बिहान व्यायाम गर्दा वा लामो समय खानेकुरा नखाएको अवस्थाले भएको हो भन्ने कारण अज्ञात छ ।’

अनुसन्धानकर्ताहरू क्याफिन र व्यायामबीचको सम्बन्ध नजिकबाट नियाल्न चाहन्थे । चार सातामा अध्ययनमा सहभागी स्वयंसेवकले चारवटा परीक्षण पार गरे । बिहान ८ बजे प्लेसेबो औषधि लिए, साँझ ५ बजे प्लेसेबो लिए, बिहान ८ बजे क्याफिन सप्लिमेन्ट लिए र साँझ ५ बजे क्याफिन सप्लिमेन्ट लिए ।

परीक्षण क्रममा मनोद्विपक औषधि वा प्लेसेबो दिएपछि शरीरको फ्याट–बर्न क्षमता मापन गरियो, जसले क्याफिन एमएफओमा पार्ने प्रभाव देखियो । यसले अधिकतम अक्सिजनको क्षमता (भीओ २ म्याक्स) लाई पनि बढायो, जसरी व्यायामको तीव्रताले एमएफओलाई  निकाल्छ, जसलाई टोलीले फ्याटमक्स भनेको छ ।

‘हाम्रो अध्ययनको नतिजाले एरोबिक व्यायाम गर्नुभन्दा ३० मिनेटअघि दिइएको तीव्र क्याफिन इन्जेक्सनले दिनभरमा व्यायामका क्रममा अधिकतम फ्याट अक्सिडेसन बढाएको देखाएको छ,’ अमारो–गाहेटे भन्छन् ।

यो परीक्षण सानो समूहमा गरिएको थियो, त्यसैले यसलाई व्यापक निष्कर्ष दिन उपयुक्त नहुन सक्छ । क्याफिनले हाम्रो दिमाग, शरीरको सञ्चालन, निद्रादेखि पाचन प्रणालीलाई असर गर्छ भन्नेबारे शोधकर्ताले नयाँ तथ्य पत्ता लगाएका छन् ।

नियमित व्यायामले कसरी अधिकतम बोसो पगाल्नेबारे सोचिरहेका मानिसलाई यो अध्ययन उपयोगी हुन सक्छ । व्यायाम थाल्नुअघि एक कप कफी पिउँदा मोटोपना भएका मानिसलाई फाइदा पुर्‍याउन सक्छ ।

प्रकाशित मिति: ०६:३२ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्