Kathmandu Press

साताको अन्तिम दिन खरिदकर्ता हावी, अब के होला?

अघिल्लो सातासँग तुलना गर्दा यो साता नेप्से परिसूचकमा १६ दशमलव ६० अंंकको अर्थात ० दशमलव ६८प्रतिशतको गिरावट रहेको छ।
साताको अन्तिम दिन खरिदकर्ता हावी, अब के होला?
Hardik ivfHardik ivf

काठमाडौं, चैत ७ : यो साता पाँच दिन नै शेयर कारोबार भएको छ । यो साताको सुरुवातदेखि बजार घट्दो प्रवृत्तिमा रहे पनि पछिल्ला केही दिनमा बजार बढ्दो प्रवृत्तिमा रहेको थियो।

अघिल्लो सातासँग तुलना गर्दा यो साता नेप्से परिसूचकमा १६ दशमलव ६० अंंकको अर्थात ० दशमलव ६८ प्रतिशतको बृद्धि रहेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २४५८ दशमलव ४९ को विन्दुमा बन्द भएकोमा यो साताको अन्त्यमा नेप्से परिसूचक २४७५ दशमलव ०९ को विन्दुमा बन्द भएको छ। 

यो साता पनि होटल एण्ड टुरिजम उपसुचकमा सर्वाधिक वृद्धि रहेको छ। चन्द्रागिरी हिल्स लिमिटेडको मुल्यमा तिव्र वृद्धि भए वापत यो समूहमा पनि सकारात्मक असर परेको छ। यो साता होटल एण्ड टुरिजम उपसूचकमा १९ दशमलव २८ प्रतिशतको वृद्धि रहेको छ। दोश्रो सर्वाधिक वृद्धि हुनेमा निर्माण तथा उत्पादन उपसूचक रहेको छ। यो उपसूचकमा ३ दशमलव ७० प्रतिशतको वृद्धि रहेको छ। सर्वाधिक गिरावट रहनेमा ट्रडिङ र अन्य उपसूचकहरु रहेका छन। यिनीहरुमा क्रमशः ५ दशमलव ७७ र ३ दशमलव ३० प्रतिशतको गिरावट रहेको छ। 

साताको प्राविधिक विश्लेषण

खुल्ला बिन्दुः २४६६.२७ । उच्च बिन्दुः२५७६.६१ । न्यून बिन्दुः२३६९.५२ । अन्तिम बिन्दुः२४७५.०९
प्रतिरोध २ः २५३१ । प्रतिरोध १ः २६७६ । टेवा १ः २४५५ । टेवा २ः २३७०

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती विश्लेषण अनुसार बजार माथिल्लो गतिशील प्रतिरोध क्षेत्रभन्दामाथि स्थिर रहन सकेको छ। त्यसैगरी यो साताको मैनबत्तीले पुन ‘बुलिस पिनबार’ आकृति बनाएको छ। यसले साताको अन्तिम कारोबार दिनहरुमा आपूर्ती भन्दा माग बढी भएको संकेत गर्दछ र यसले बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।  

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसले यो साता बजारले २३६५ देखि २३९० को टेवा क्षेत्रलाई परिक्षण गरि बजार पुन बढेको देखिन्छ। बजारमा अब २५३५ को क्षेत्रमा बिक्रीकर्ता हावी हुन सक्ने संकेत गरेको छ।

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

चित्र नं.३ मा, नेप्सेको एक घण्टाको मैनबत्ती प्रवृत्ति देखाइएको छ। यो साताको अन्तिम कारोबार दिनहरुमा बजारले माथिल्लो प्रवृत्ति रेखालाई तोड्न सफल भएको छ। यसले बजारमा क्रेताको चाप बढेको संकेत गर्दछ। ‘२०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज’ भन्दा बजार माथि रहेकोले बजार हालसम्म बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। 

विभिन्न समायवधीको बजार प्रवृत्तिलाई समग्रमा हेर्दा, बजारमा २५३५को क्षेत्रमा बिक्रेता हावी हुन सक्ने देखिन्छ। यदि यो क्षेत्रलाई निश्चित रुपमापार गर्न सके बजार पुन सकारात्मक हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न र बजारले २६२५ मा सामान्य प्रतिरोध र २६७६ को क्षेत्रमा मुख्यप्रतिरोध सामना गर्नु पर्ने देखिन्छ। हाल बजारको टेवा क्षेत्र २३६५ मा रहेको देखिन्छ। 


 

प्रकाशित मिति: १४:४९ बजे, शनिबार, चैत ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्