Kathmandu Press

एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित 

काठमाडौं, फागुन २५ : नेकपा (एमाले)का केन्द्रीय सदस्य लालबाबु पण्डितले नेकपा एमाले नै कार्यकालभरि सकारको नेतृत्व गर्ने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले...
एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : नेकपा (एमाले)का केन्द्रीय सदस्य लालबाबु पण्डितले नेकपा एमाले नै कार्यकालभरि सकारको नेतृत्व गर्ने दाबी गरेका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दैे उनले भने,‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन।’

नेता पण्डितले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको बताए । ‘संसद् पूनःस्थापना भयो । अहिले नेकपा एमाले  र नेकपा माओवादी केन्द्रको स्थितिमा पुर्यायो’, उनले भने ।

उनले यसअघि नेकपाको रहेको सरकार नेकपा एमालेको सरकारमा रुपान्तरित भएको सुनाए । उनले भने,‘नेकपा एमाले फेरि पूनर्गठित हुनुपर्ने अवस्थामा पुगेको छ । नेकपा माओवादी केन्द्र पनि पूनर्गठित हुनुपर्ने अवस्थामा छ । मैले सुरुदेखि नै सार्वजनिक सञ्चारमाधयममा पनि पूनःस्थापना हुनुपर्छ भनेको थिएँ । मैले सरकारको विरोधमा अविश्वासको प्रस्ताव आउँदैन भनेको थिएँ । मैले एकताको प्रस्ताव उठाएको थिएँ ।’

पण्डितले छिट्टै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुबीच छलफल गर्ने सुनाए । उनले भने, ‘उहाँले अब पार्टीक नेताहरुका बीचमा अब छलफल सुरु हुन्छ । र, अब संसदभित्रपनि हिजो जुन पहिलो बैठकमा केही देखियो । त्यो कुरा अब हुँदैन् । र, म त अझै अगाढि बढेर भन्छु कि–सरकारलाई बलियो बनाउने सन्दर्भमा, स्थायित्व दिने सन्दर्भमा, समर्थन जुटाउने समर्थनमा, पार्टीभित्र आफ्नो भूमिकालाई केही पहिलाको विवादित समयलाई बिर्सिएर अग्रणी भूमिका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले खेल्नुहुन्छ । अब एक भएर अगाडि बढ्छौं ।’

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अब सदनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,‘प्रतिपक्षमा रहनुभएका प्रमुख प्रतिपक्ष पनि अब नेपालको लोकतन्त्रमा, लोकतान्त्रिक प्रक्रियामा, प्रतिपक्षी भूमिकाभित्र सकारात्मक सोचका साथ अघि बढ्नुहुन्छ । मलाई विश्वास छ । तर, छिट्टै प्रतिनिसधभा विघटन होस्, फेरि चुनाव होस, अनि खिचलो त छँदैथियो । त्यसमा च्याँखे थापेर फाईदा लिन्छु भनेर स्वदेशी तथा विदेशी शक्तिले ठान्छन् भने त्यो सपना पूरा हुँदैन् । सिल्ली सपनामात्रै हुनेछ ।’
 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्