Kathmandu Press

इन्दिरा जोशी बनिन् ‘डिकस्मो’को ब्राण्ड एम्बासडर

काठमडौं, फागुन २५ गायिका इन्दिरा जोशी डिकस्मो नेपालको ब्राण्ड एम्बासडर बनेकी छिन् । मंगलबार आयोजित कार्यक्रमबीच डिकस्मो नेपालले गायिका जोशीलाई ब्रान्ड एम्बासडर नियुक्त...
इन्दिरा जोशी बनिन् ‘डिकस्मो’को ब्राण्ड एम्बासडर

काठमडौं, फागुन २५ गायिका इन्दिरा जोशी डिकस्मो नेपालको ब्राण्ड एम्बासडर बनेकी छिन् । मंगलबार आयोजित कार्यक्रमबीच डिकस्मो नेपालले गायिका जोशीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो।

ब्रान्ड एम्बासडर सम्बन्धी सम्झौता पत्रमा डिकस्मो नेपालकी संचालिका संगीता पुरी र गायिका जोशीले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि गायिका जोशीले डिकस्मोसँग जोडिन पाउँदा खसी लागेको बताइन् । गायिका जोशीले डिकस्मो नेपालको प्रमोशन तथा प्रवद्र्धनका लागि काम गर्ने छिन् । 

डिकस्मो अमेरिकाको चर्चित सौन्दर्स ब्रान्ड हो। यसले नेपालमा सौन्दर्य र छालासम्बन्धि काम गर्दै आएको छ । डिकोस्मो नेपालले छालासँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान एउटै छानामुनि गर्ने प्रवन्ध निर्देशक आलोक क्षेत्रीले बताए ।

सञ्चालिका पुरीले कम्पनीको लक्ष्य अन्तर्राष्ट्रिय ब्राण्ड तथा गुणस्तर प्रयोग गरेर छालासँग सम्बन्धित समस्याहरुको समाधान गर्नु भएको बताइन्।

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्