Kathmandu Press

सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु

धादिङ, फागुन २५ : बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मंगलबार  रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १...
सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु
Hardik ivfHardik ivf

धादिङ, फागुन २५ : बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार  रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । 

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।
 

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्