Kathmandu Press

कन्सट्रक्शनमा आगलागी हुँदा एक करोड क्षति

कन्सट्रक्शनमा आगलागी हुँदा एक करोड क्षति
Hardik ivfHardik ivf

कैलाली, फागुन २५ : कैलालीको गोदावरी नगरपालिका—५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै  एक करोड रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताए । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । 

स्थानीयवासी खडकसिंह पालले सञ्चालन गर्दै आएको उक्त कन्सट्रक्शनमा विद्युत् लाइन सर्ट  भई आगलागी भएको अनुमान गरिएको छ । यसअघि गत शनिबार धनगढीको चटकपुरमा रहेको एक फर्निचर उद्योगमा पनि आगलागी हुँदा करोडभन्दा बढीको क्षति पुगेको थियो । 
 

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्