Kathmandu Press

कांग्रेसका पूर्वसभापति डा.खड्काको निधन

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उनको काठमाडौँ...
कांग्रेसका पूर्वसभापति डा.खड्काको निधन
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 

खड्का २०४८ को आम निर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । त्यसैगरी उनी २०५५ मा म्याग्दी जिल्ला सुकुम्वासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील रहँदै आएका थिए । 

१९९८ श्रावण २० गते तत्कालीन अथुङ्गे गा.वि.स—१ मा जन्मिएका खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन् ।
 

प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्