Kathmandu Press

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णालीमा हाम फालिन्

दैलेख, फागुन २५ : दैलेख आठबिस नगरपालिका–३ की एक महिला ४ सन्तानसहित कर्णालीमा हाम फालेकी छन् । दैलेख आठबिस नगरपालिका–३ की ३५ वर्षीय...
दैलेखकी एक महिला ४ सन्तानसहित कर्णालीमा हाम फालिन्

दैलेख, फागुन २५ : दैलेख आठबिस नगरपालिका–३ की एक महिला ४ सन्तानसहित कर्णालीमा हाम फालेकी छन् । दैलेख आठबिस नगरपालिका–३ की ३५ वर्षीय सुकी बडुवाल ४ सन्तानसहित कर्णालीमा हाम फालेकी हुन्।

तीन छोरी र एक छोरासहित सुकीले सोमाबार कर्णालस् नदीमा हाम फालेकी थिइन्। तीमध्ये २ छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव अछामको पञ्देवल नगारपालिका–४मा भेटिएको हो।

आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीय छोरी रजनीको शवको खोजी भइरहेको प्रहरीले जनाएको छ। चार सन्तानसहित सुकी सोमबार बिहानै घरबाट हिँडेको माइत पनि नगएको पाइएपछि आफन्तहरुले उनको खोजी गरेका थिए।

प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भइहेको र अनुन्धानपछि मात्र घटनाको सत्यतथ्य बाहिर आउने जनाएको छ। यस्तै, अनुसन्धानका लागि प्रहरीले बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०९:५३ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्