Kathmandu Press

ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई सुर्य थापाले दिए ‘अपराधी’ को संज्ञा 

काठमाडौं, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन...
ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई सुर्य थापाले दिए ‘अपराधी’ को संज्ञा 

काठमाडौं, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् ।

मंगलवार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका हुन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन्।

प्रधानमन्त्री ओलीलाई छाडेर पुष्पकमल दाहाल प्रचण्डतीर लागेका माधवकुमार नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेतिर नै फर्किएका छन्।

प्रकाशित मिति: ०९:०१ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्