Kathmandu Press

केही स्थानमा मेघ गर्ज सहित हल्का वर्षाको सम्भावना 

काठमाडौं, फागुन २५ : आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जन सहित...
केही स्थानमा मेघ गर्ज सहित हल्का वर्षाको सम्भावना 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी भूभागमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज सामान्यतया मौसम बदली हुने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: ०७:३३ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्