Kathmandu Press

अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : कोइराला

विराटनगर, फागुन २४ : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अब प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने बताएका छन्।सोमबार विराटनगरस्थित निवासमा सञ्चारकर्मीसँग...
अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : कोइराला
Hardik ivfHardik ivf

विराटनगर, फागुन २४ : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अब प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने बताएका छन्।

सोमबार विराटनगरस्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले नेकपा विभाजन भएकाले विश्वासको मत लिनुपर्ने बताए। सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएकाले नेकपा नरहेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन सकस हुने उनको भनाइ थियो। प्रधानमन्त्रीज्यूलाई विश्वासको मतका लागि नेकपा एमाले र माओवादी केन्द्र एक ठाउँ हुनु पर्‍यो वा कांग्रेस र जसपालाई मिलाउन सक्नु पर्‍यो होइन भने सरकार गठन हुन सक्ने अवस्था छैन।

कांग्रेसले एमालेलाई समर्थन नगर्ने उनको भनाइ थियो। यस्तो अवस्थामा निर्वाचनको विकल्प नहरेको उनको जिकिर छ। असंवैधानिक कदमको विरोधमा उत्रेका दलहरु नेकपा एमालेसँग सरकारमा जाने नैतिक संकट रहेकाले निर्वाचनको विकल्प छैन,’ कोइरालाले भने।

संसद् पुनःस्थापना भएपछि पहिलो दिनकै बैठकले संसद् चल्न नसक्ने अवस्था देखाएको उनले बताए। यससँगै सरकार गठनमा पनि जटिल अवस्था आउने कोइरालाको आकलन छ। ‘एकातिर पुनस्स्थापित संसद्को पहिलो दिनकै बैठकको अवस्थाले संसद् चल्न सक्ने अवस्था देख्दिनँ भने अर्कोतिर सरकार पनि गठन हुने अवस्था जटिलै छ,’ उनले भने।

अब कांग्रेस पनि चुनावको पक्ष रहेको बताए। त्यतिबेला प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका कारण चुनावको पक्षमा नलागेर संसद् पुनःस्थापनाको पक्षमा लागेको उनले बताए। झण्डै दुई तिहाइ भएको पार्टी सर्वोच्चको फैसलाले विभाजनको अवस्थामा पुगेकाले चुनाव जानु नै ठीक हुने उनको भनाइ थियो।

‘यसअघि संविधान जोगाउन प्रतिनिधिसभा पुनःस्थापना भनिरहेका थियौं। त्यसैले असंवैधानिक चुनावको विपक्षमा थियौं। तर, अहिलेको जटिल परिस्थितिबाट पार पाउनका लागि संवैधानिक चुनावमा जानुपर्छ,’ कोइरालाले भने।

प्रकाशित मिति: २०:०९ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्