Kathmandu Press

‘महिला आन्दोलन सीमित समूह र सहरकेन्द्रित’

‘महिला आन्दोलन सीमित समूह र सहरी इलाकामा मात्र केन्द्रित भयो। सोही कारण महिलाका विषयले सञ्‍चार माध्यममा पनि पर्याप्त स्थान पाएनन्।’
‘महिला आन्दोलन सीमित समूह र सहरकेन्द्रित’
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २४ : अन्तर्राष्‍ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताले नेपालमा महिला आन्दोलन सीमित समूह र सहरकेन्द्रित भएको औँल्याएका छन्।

कार्यक्रममा बोल्दै जसपा युवा नेता मानुषी यमी भट्टराईले भनिन्, ‘महिला आन्दोलन सीमित समूह र सहरी इलाकामा मात्र केन्द्रित भयो। सोही कारण महिलाका विषयले सञ्‍चार माध्यममा पनि पर्याप्त स्थान पाएनन्।’ विश्वमा महिला आन्दोलनका स्वरूपमा विविधता रहेको उनले औँल्याइन्।

पत्रकार विनु सुवेदीले सञ्‍चार माध्यममा महिलाका मुद्दा यथेष्‍ट उठ्नुपर्नेमा जोड दिइन्। कार्यक्रमका सहभागीले सबैखाले महिलाका मुद्दा समावेशिताका लागि मात्र भन्दा पनि मुद्दाकेन्द्रित भएर बहस हुनुपर्नेमा जोड दिए। 

‘योङ फिमेनिस्ट लिग’ तथा ‘मार्क्सिस्ट आउटलुक’को संयुक्त आयोजनामा नेपाल ल क्याम्पसमा ‘महिला, मिडिया र बिर्सिएका मुद्दाहरू’ विषयक अन्तर्क्रियात्मक छलफल भएको हो।

कार्यक्रममा सञ्‍चार माध्यमले किन सीमित दृष्‍टिकोणलाई मात्र प्रश्रय दिन्छ, महिला र महिला आन्दोलनका विषयमा मिडियाले सामग्री सम्प्रेषण गर्न के कस्तो विधि र सिद्धान्तको दायरा बनाएको छ, के कारणले मिडियाको प्रमुख विषयमा वादी, दलित र अन्य उत्पीडित समुदायका महिलाका मुद्दा पर्दैनन् भन्‍ने विषयमा सहभागीले छलफल गरेका थिए।
 

प्रकाशित मिति: १८:५० बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्